Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

नगर स्वास्थ्य शाखा गौरादह के भन्छ ?

डण्डिराज घिमिरे

गौरादह, २७ चैत । लकडाउन घोषण भएको १७ दिन बितिसक्दा पनि गौरादह नगरपालिकाले हालसम्म क्वारेन्टाइनको चुस्त ब्यवस्थापन गर्न सकेको छैन् । आवस्यक पूर्वाधारहरु भएको स्थान, भवन, सेवासुविधा, मापदण्ड तथा सुरक्षा लगाएतको अध्ययन अवलोकन गरी उचित निर्णय गर्न नसक्दा क्वारेन्टाइन निर्माण ब्यवस्थापनमा गौरादह नगरपालिका पछिपरेको हो ।

नगरपालिकाले लकडाउनका सुरुका दिनमा उद्योग वाणिज्य संघको सामुदायिक भवनमा १० बेडको क्वारेन्टाइन बनाएको थियो । झ्याल, ढोका, पानी, सुरक्षा, सरसफाई र अन्य पूर्वधार आदि समस्याको कारण न्युनतम मामदण्ड पनि पूरा नभए पछि त्यहाँबाट क्वारेन्टाइन हटाइएको छ । मापदण्ड अनुसारको क्वारेन्टाइन नभएता पनि शुभलक्ष्मी सहकारीका एम्बुलेन्स चालक केही दिन सोही क्वारेन्टाइनमा अप्ठेरो सामना गरेर पनि बसेका थिए ।

हाल गौरादह नपा – ७ ग्वालडुब्बाको संचालनमा नआएको नवनिर्मित स्वस्थ्य चौकीको भवनमा क्वारेन्टाइन निर्माण ब्यवस्थापन सुरु गरिएको छ । सो क्वारेन्टाइनमा भारतबाट आएका बर्ष २६ का गौरादह ७ का महम्मद सविर आलमलाई ५ दिनदेखि राखिएको छ ।

आलमलाई गौरीगञ्ज गाउँपालिकाले क्वारेन्टाइनमा राख्न नमानेर गौरादहको बासिन्दा भएको भन्दै गौरादह क्वारेन्टाइनमा राख्नेगरी पठाएपछि आलम गौरादहको सम्पर्कमा आएका थिए । तर नगरपालिका भने त्यो मितिसम्म पनि क्वारेन्टाइन कहाँ निर्माण गर्ने भन्ने निर्णयमा नपुगेको घटनाक्रमले देखाउँछ । जब आलमलाई राख्न समस्या भयो त्यस पछि कहाँ राख्ने भनेर जनप्रतिनिधि, सुरक्षा निकाय र नगर स्वास्थ्य शाखालार्ई संकट पर्यो ।

कहाँ राख्ने भन्ने निर्णय लिन नसके पछि सुरुमा आलमलाई मस्जिदमा राख्ने भनियो तर मस्जिदमा राख्न नमिल्ने र वाणिज्य संघको सामुदायिक भवन पनि उपयुक्त नहुने भएपछि पूर्वाधारहरु क्रमश ब्यवस्थापन गर्नेगरी संचालनमा नआएको स्वास्थ्य चौकी भवनमा आलमलाई राखिएको वाड नं. ७ का वार्ड अध्यक्ष बलराम खरेलले बताए ।

नगरपालिकाले क्वारेन्टाइनको लागि भनेर खरिद गरिएका खाट तथा अन्य सामाग्री पनि मापदण्ड अनुसार उपयुक्त नभएकाले क्वारेन्टाइनको रुप दिन कठिनाई भइरहेको उनले बताए । पानी बिजुली, बाटो, सरसफाइर्, सुरक्षा, खानाको प्रबन्ध, मापदण्ड अनुसारका क्वारेन्टाइन बेडहरु र स्वास्थ्य कर्मी जनशक्ति साथै आवस्यक स्रोत ब्यवस्थापनमा हालसम्म पनि नगरपालिकाका प्रमुख, उपप्रमुख लगाएतले जती ध्यान दिनुपर्ने हो त्यती नदिएको समेत खरेलले बताए । अहिले सम्मकै जस्तो बेवास्ता हो भने क्वारेन्टाइन संचालन गर्न त्यहाँ पनि नसकिने उनले थपे ।

एक महिना देखि राज्यले आफ्नो सम्पूर्ण शक्ति कोरोना रोकथाम नियन्त्रणम लगाइरहँदा गौरादह नगरपालिकाले क्वारेन्टाइन निर्माण ब्यवस्थापनमा किन लापरबाही गर्यो ? धन्न हालसम्म कोरोना संक्रमित फेलापरेका छैनन् र क्वारेन्टाइनको भार बहन गर्नु परेको छैन् ।

यस सम्बन्धमा क्वारेन्टाइन निर्माणमा नगरपालिका संवेदनशिलताका साथ अगाडि बढेको र ग्वाल्डुब्बा स्वास्थ्य चौकीको नवनिर्मित भवनमा ब्यवस्थित हुँदै गरेको नगरप्रमुख रोहित कुमार शाहाले बताए । क्वारेन्टाइन निर्माण ब्यवस्थापनमा नगरपालिकाले बेवास्ता गरेको भन्ने भनाइमा कुने सत्यता नभएको उनले जोडदिए । नगरपालिकाको स्वस्थ्य शाखा, नगर कार्यपालिका, कर्मचारी लगाएत सम्पूर्ण जनप्रतिनिधिहरु कोरोना संक्रमणको रोकथाम नियन्त्रणका गृहकार्यमा सबै जिम्मेवार भएर आआफ्नो ठाउबाट लागिपरिरेको प्रमुख शाहाले अनलाइन बिचारलाई बताए । उनले नगरबासीलाई शसंकित नहुन र नआत्तिन अनुरोध समेत गरेका छन् ।

केन्द्र सरकारले रोगको माहामारी बाट बच्न बचाउन देश नै लकडाउन गर्दै अन्य आधारभुत तयारी अन्तर्गत स्थानीय तहहरुले अनिवार्य क्वारेन्टाइनको निर्माण गर्नुपर्ने भन्ने निर्देशन पालनामा किन ढिलाइ भयो गौरादह नगरपालिकामा ? नगर बासीमा सर्बत्र चासोको विषय छ ।

झापाका अन्य पालिकाहरुले भने क्वारेन्टाइन निर्माणमा समयमै ध्यान दिएको पाइन्छ गौरादहको तुलनामा । गौरादह नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आवस्यक पूर्वाधार निर्माणमा जुट्न छाडेर राहात वितरणमा जनप्रतिनिधिहरु बढी अलमलिएर क्वारेन्टाइनको निर्माण ब्यवस्थापनमा ढिलाई भएको हुन सक्ने बताउछन् संविधानसभा सदस्य दिपक कार्की । उनले यस्तो जटिल परिस्थितिमा नगरपालिका परिवार, राजनीतिक दल, सामाजिक अगुवाहरु लगाएत सबै एकाकार भएर हातेमालो गर्दै कोरोना बिरुद्धको तयारीमा जुट्नु आजको मुख्य आवस्यकता भएको समेत बताए ।

नगर स्वास्थ्य शाखा गौरादह के भन्छ ?

गौरादह नगर स्वास्थ्य शाखाले कोरोना रोकथाम नियन्त्रणका सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण तयारीहरु सक्रियताका साथ गरिरहेको शाखा प्रमुख पर्शराम भट्टराईले बताए ।

ज्वरो नाप्ने थर्मल गन खरिद, पिपिइ खरिद, औषधी खरिद गरी भैपरिआएको अवस्थाकालागि आवस्यक जोहो गर्न गौरादह नगरपालिका झापाका अन्य पालिकाहरुको तुलनामा अगाडि रहेको उनले जोडदिए ।

ज्वरो आएका विरामीको चेकजाँचको लागि घरदैलो सेवा, भाइरेक्स तथा क्लोरिन स्प्रे गर्ने, पञ्जा, मास्क, सेनिटाइजर बितरण लगाएतका काम ब्यवस्थित ढंगले भैरहेको पनि प्रमुख भट्टराईले बताए ।

हाल सम्म वार्ड नम्मर ७ र ८ मा स्प्रे पनि भइसकेको र केहि दिन भित्रमै नगरपालिका भरी नै भाइरेक्स र क्लोरिन स्प्रे गरिने समेत उनले स्पष्ट पारे । क्वारेन्टाइन निर्माण ब्यवस्थापनमा केही प्राविधिक समस्या थियो अब त्यो पनि समाधान भैसकेको र तत्कालै १६ बेडको क्वारेन्टाइन ब्यवस्थीत भैसक्ने उनले थपे ।

भट्टराईले १६ बेड पुर्याउन आवस्यक ६ वटा ग्रिलका बेड निर्माण गर्न अडर दिइसकेको र आवस्यक स्वस्थ्य संबन्धि जनशक्ति र स्रोत परिचालनको लागि स्वास्थ्य शाखाले नगरपालिका समक्ष माग गरिसकेको र सबै पुर्वधार तुरुन्तै पूराहुने विश्वास ब्याक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया