Online Bichar
शुक्रबार, साउन २२, २०८३ | Friday, August 7, 2026

काठमाडौं, २७ चैत्र । सरकारले काठमाडौंबाट गाउँ फर्कने चाहनेहरुलाई शुक्रबार र शनिबार जान दिने भएको छ ।

कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले बुधबार सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसँग गरेको छलफलबाट भोलि र पर्सि गाउँ फर्कन जान चाहनेहरुका लागि दिने निर्णय भएको पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिए।

उपप्रधानमन्त्री पोखरेलले भौतिक पूर्वाधार तथा यातायत मन्त्री, संघीय मामिला तथा स्थानीय विकास मन्त्री, पर्यटन मन्त्री र गृहका मन्त्रीहरुसँग घर फर्कन नपाएकाहरुलाई पठाउने भन्नेबारे छलफल गरेका थिए।

सरकारले अचानक लकडाउन घोषणा गरेपछि धेरै काठमाडौंमा रोकिएका थिए। बिहीबार गृह मन्त्रालयमा उनीहरलाई कसरी घर पठाउने भन्नेबारे छलफल भइरहेको छ।यस्तै अन्य जिल्लाबाट काठमाडौं भने आउन नपाइने बताइएको छ।गृह मन्त्रालयमा उनीहरुलाई कसरी पठाउने भन्नेबारे मोडालिटी तयार भइरहेको छ।सम्भवतः एउटा पालिकालाइ एकमुष्ट गरेर पठाइनेछ र गाउँ पुगेपछि उनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने निर्णय स्थानीय तहले गर्नेछन्।सरकारले गत ११ गते बिहान १० बजेदेखि लागू हुनेगरी १० गते साँझ अबेर लकडाउनको निर्णय गरेपछि गाउँ फर्किन चाहेका धेरै काठमाडौंमै अड्किएका छन्।

कतिपय मजदुरहरू दुई तीन दिनसम्म पनि हिँडैरै घर जान थालेपछि सरकारले यो निर्णय गरेको हो।मंगलबार देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवधि कम्तिमा अरू साता दिन लम्बिन सक्ने संकेत गरेका थिए।लकडाउनको अवधि बढेपछि यहाँ अड्किएकाहरूलाई थप समस्या पर्न सक्ने भन्दै सरकारले यस्तो निर्णय गरेको हो। कान्तिपुर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments