Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २७ चैत्र । एक अवैतनिक महावाणिज्यदूतले प्राप्त सेवा सुविधाको दुरुपयोग गरेको भन्दै सरकारले ती सुविधा फिर्ता लिने निर्णय गरेको छ ।

महावाणिज्यदूत गैरकानूनी गतिविधिमा संलग्न रहेको भेटिएलगत्तै परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत सुविधा फिर्ता गरेको जनाएको छ ।

विज्ञप्तिमा–‘अब विभिन्न देशमा रहेका नेपालका अवैतनिक महावाणिज्य दूतले आफ्नो सवारीमा नीलो नम्बर प्लेट र सम्बन्धित देशको झण्डा प्रयोग गर्न पाउने छैनन्’ भनिएको छ ।

हालैमात्र किर्गिजस्तानका अवैतनिक महावाणिज्य दूत सुलभ अग्रवाल कूटनीतिक सवारी साधन प्रयोग गरेर कालोबजारीमा संलग्‍न भएको अवस्थामा पक्राउ परेपछि सरकारले नयाँ निर्णय लिएको हो ।इमेजखबर

तपाईको प्रतिक्रिया