Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, २६ चैत । शिवसताक्षी नगरपालिका झापाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न गीता कुमारी राई हाजिर भएकी छन् ।
झापाका १५ वटा स्थानीयतह मध्येमा पहिलो पल्ट महिला प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी राईले सम्हाल्ने भएकी हुन् ।

इलाका प्रशासन कार्यालय दमकमा शाखा अधिकृतको रुपमा रहेकी राई बढुवा भई स्थानीयतह कै पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत बन्न सफल भइन् । नगरपालिकाबाट विष्णुबहादुर अधिकारले विदा लिएको चार महिना पछि प्रमुख प्रशासकीय अधिकृत पाएको नगरपालिकाले जनाएको छ । बुधबारबाट प्रमुख प्रशासकीय अधिकृतको रुपमा गीताकुमारी राईले जिम्मेवारी लिएकी हुन् । उनी झापा अर्जुनधारा निवासी हुन् ।

यस बीचमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी उपसचिव शिक्षा शाखा प्रमुख सुरेन्द्र दाहालले निमित्त भई सम्हालेका थिए । अधिकृत राईलाई शिवसताक्षी नगरपालिका मेयर चन्द्रकुमार शेर्मा, उप मेयर भोजकुमारी नेपालसहित कर्मचारीहरुले स्वागत गरेका छन् ।

स्वागत गर्दै मेयर शेर्माले स्थानीयतहले पहिलो पल्ट महिला प्रमुख प्रशासकीय अधिकृत हुनु भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

अधिकृत राईले स्थानीयतहको अनुभव नभए पनि ऐन कानुनको परिधि भित्र रहेर नगरमा सुशासन कायम गर्दै र विकास निर्माणका कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताइन् ।

तपाईको प्रतिक्रिया