बुधबार, चैत्र ०८, २०७९
Wednesday, March 22, 2023

काठमाडौं, २६ चैत्र । आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गरिने भएको छ । नेपाल आयल निगमले सो निर्णय गरेको हो।

निगम सञ्चालक समितिको बुधबारको बैठकले १४.२ किलो (पूरै भरिएको)को सिलिण्डर ग्यास बिक्री विरतण खुला गर्ने निर्णय गरेको एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले जानकारी दिए ।

निगमले सबै ग्यास उद्योगहरुलाई बिहीबारदेखि नै भरी सिलिण्डर ग्यास भर्न निर्देशन दिएको उनले बताए । बजारमा भएका आधा सिलिण्डर बिक्री सकिएपछि आइतबारबाट मात्रै भरी सिलिण्डर ग्यास बिक्री हुने घिमिरेले बताए ।

बजारमा खाना पकाउने ग्यासको माग उच्च भएपछि निगमले चैत १२ गते बेलुकी आधा सिलिण्डर ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको थियो । चैत १६ गतेदेखि मुलुकभर आधा सिलिण्डर ग्यास बिक्री भएको थियो ।अनलाइनखबर

तपाईको प्रतिक्रिया