Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

बुटवल, २६ चैत्र । कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला अस्पताल नजाने पाँच चिकित्सकलाई कारबाही गरेको छ । प्रदेश–५ को सामाजिक विकास मन्त्रालयले बिनासूचना अनुपस्थित भएका लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सकलाई सेवाबाट हटाएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्रप्रसाद खनालका अनुसार रेडियोलोजी विभागमा कार्यरत ताराप्रसाद शर्मा र बरदान वली, ईएनटी विभागका प्रकाश न्यौपाने, यूरोसर्जन सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत प्रकृति कार्कीलाई सेवाबाट हटाइएको हो।

करार सेवामा नियुक्त उनीहरू अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित भएका थिए। सामाजिक विकासमन्त्री सुदर्शन बरालले अन्य अस्पतालमा पनि अनुगमन र निगरानी बढाएकाले बिनाकारण सेवामा हाजिर नहुने चिकित्सकलाई कारबाही गर्ने बताए।

महामारीका बेला पनि सेवामा नखटिने चिकित्सकहरुलाई कारबाही गर्न निर्देशन दिएको बताउँदै, सुत्केरी, काजक्रिया र बिरामीबाहेकका बिदा स्वीकृत नगर्न र बिनाजानकारी सेवामा अनुपस्थित हुने चिकित्सक/कर्मचारीलाई सेवाबाट हटाउने वा कारबाही गर्ने निर्णय गरेका बताएका छन् ।कान्तिपुर

तपाईको प्रतिक्रिया