Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024
झगेन्द्र खड्का

गौरीगंज, २६ चैत्र । झापाको पश्चिम दक्षिणी क्षेत्र गौरीगंज गाउँपालिकामा स्थानीय सरकारबाट बितरण गरिएको राहातमा अनियमितता भएको भन्दै स्थानीय बासिहरुले आक्रोस झडपमा   परिणत भएको छ ।

गाउँपालिका भित्र बसोबास गर्ने गरिब तथा बिपन्न परिवारका नागरिकहरुको वडा कार्यलयले  सहि बिबरण नलिएको भन्दै स्थानीय बासिले असन्तुष्टि जनाएका हुन । कोरोना भाइरसको संक्रमणबाट वचन सबै नागरिकलाई घरैमा बस्न सूचना गरिएपछि दैनिक ज्यालादारीमा काम गरेर गुजारा चलाउने जनमजदुरका लागि स्थानीय सरकारले खाद्यान्न बितरणको लागि नामावली संकलन गरेको थियो।

वडा कार्यलयले संकलन गरेको नामावलीमा हुँदा खाने भन्दा हुनेखाने नाम समाबेश गरिएको, बिपन्न परिवारको नाम छुटाएको,जनप्रतिनिधि निकटका ब्यक्तिहरुको नाम समाबेश गरिएको, राहात बितरणमा राजनीतिक चलखेल भएको भन्दै जनप्रतिनिधि माथि हातपात गरेका छन् ।

गौरीगंज गाउँपालिका वार्ड नं. १ मा राहत वितरण कार्य स्थगित गरिएको छ। स्थानियहरूले विपन्न परिवारको नाम समाबेश नगरिएको भन्दै राहत वितरण कार्यमा खटिएका कर्मचारी र स्वयंसेवक माथि हातपात गरेपछि राहत वितरण कार्य स्थगित गर्नु परेको वडा नं (१ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी गराए।कर्मचारी र स्वंयमसेवक माथि हातपात गरेको,सरकारी कागजात च्यातेको र कार्यालयको स्टाम्प नष्ट गरेको र कर्मचारी र स्वयंसेवकमाथि अभद्र ब्यबाहार गरेको भन्दै स्वंयसेवक विशाल श्रेष्ठले स्थानिय राजन काफ्लेमाथि उजुरी दिएका थिए।

यस विषयमा टुंगो नलागुञ्जेल राहत वितरण कार्य स्थगित गरिएको वार्ड नं. १ का अध्यक्ष राजवंशीले बताए। वडा अध्यक्ष राजवंशीका अनुसार कार्यालयको सर्वदलिय समितिले दिएको नामावली अनुसार नै राहत वितरण गरेको र नामावलीमा पाउनु पर्ने व्यक्तिको नाम छुट भएमा पुन समावेश गर्न सकिने जानकारी गराएपनि राहत वितरण कार्यलाई अवरोध गरि अभद्र ब्यबाहार गरेकोमा दुख ब्यक्त गरेका छन् ।

नामावलीमा चित्त नबुझे वडा कार्यालय सच्चाउन तयार रहेको बताउदै अध्यक्ष राजवंशीले विपन्न परिवारको खाद्यान्न राहत वितरणमा सहयोग गर्न सबैलाई अनुरोध गरे।गौरीगंज गाउँपालिका वडा नं.२ मा राहात बितरण गर्न गएका जनप्रतिनिधि माथि स्थानीयबासिले हातपात गरेका छन। विपन्न परिवारलाई खाद्यान्न वितरण गर्न वार्ड नं. २ स्थित हेम्नाडांगी सतारबस्ती पुगेका वडा सदस्य अरूण कुमार राजवंशी माथि हातपात भएको हो ।

वडा सदस्य राजवंशीमाथि हातपात गरेको आरोपमा वडा नं.-२ हेम्नाडांगी सतारबस्तीका सोम मुर्मु र अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय गौरीगंजमा राखिएको वडा अध्यक्ष अग्नु प्रसाद राजवंशीले जानकारी गराए। कार्यालयले संकलन गरेको विपन्न परिवारको नामावलीमा भेदभाव गरेको भन्दै वडा सदस्य राजवंशी माथि स्थानियबासि आईलागेका थिए।कार्यालयले  मंगलबार ९७ जना विपन्न घर परिवारलाई खाद्यान्न राहत वितरण गरेको थियो।कार्यालयले यसअघि ४ सय ५ परिवारलाई राहत वितरण गरि सकिएको वडा अध्यक्ष राजवंशीले बताए।

गौरीगंज गाउँपालिका वडा नं.-५ मा पनि राहत वितरण कार्यमा बिबाद भएको थियो।विपन्न परिवारलाई राहात बितरण गर्ने भनिएता पनि नामावली संकलन गर्दा विपन्न परिवारको नामावलीमा नाम छुटाएको र हुनेखानेको नाम समाबेश गरिएको भन्दै स्थानियहरूले विरोध जनाएका थिए।वडा नं.-५ मा जम्मा ४ सय १२ जना विपन्न परिवारको नामावली संकलन गरिएको वार्ड सदस्य राजेन्द्र ताजपुरियाले जानकारी गराए।

तपाईको प्रतिक्रिया