Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

काठमाडौं, २५ चैत्र । ज्वरो नाप्‍ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सञ्‍चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले अग्रवाललाई नक्सालबाट मंगलबार बिहान पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले ६७ वटा थर्मल गन पनि बरामद गरेको छ। नेपालका लागि किर्गिस्तानका अवैतनिक दूतसमेत रहेका अग्रवालले ५ हजारमा पाइने थर्मल गन १५ हजारसम्‍म लिएर बिक्री गरेका थिए। गत सातामात्रै अग्रवालले नेपाल एयरलाइन्सको जहाजमार्फत् चीनबाट २० हजार थान थर्मल गन ल्याएको पनि खुलेको छ।

अपराध महाशाखाका एसएसपी सहकुल थापाले अग्रवाललाई कालोबजारीको कसुरमा पक्राउ गरिएको बताए।

अग्रवालले बढी मूल्यमा थर्मल गन बेचेको थाहा पाएपछि प्रहरी अनुसन्धान गर्न ग्राहक बनेर गएको थियो। हामीआफैं ग्राहक बनेर अग्रवालसँग डिल गरेका थियौं। आवश्यक प्रमाण जुटेपछि उनलाई पक्राउ गरिएको हो, एसएसपी थापाले भने।

ग्राहक बनेको प्रहरीलाई सामान पुर्‍याउन जाने क्रममा अग्रवाल कूटनीतिक व्यक्तिले प्रयोग गर्ने गाडीमा राखिएको थर्मल गनसहित पक्राउ परेका थिए। यस विषयमा अनुसन्धान भइरहेको थापाले बताए।

तपाईको प्रतिक्रिया