Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २५ चैत्र । कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना जारी नभएसम्म का लागि सो निर्णय गरेको छ । मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसका कारण देश बन्दाबन्दीमा रहेकोले तत्कालका निम्ति निर्धारित परीक्षा तालिका स्थगित गर्ने निर्णय भएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको र सरकारले बन्दाबन्दी खोलेपछि मात्र अर्को सूचना जारी हुने बताए ।

कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने एसईई रोकिएको छ। बोर्डले आगामी वैशाख ८ गतेबाट कक्षा १२ र वैशाख २१ गतेबाट कक्षा ११ को परीक्षा तालिका तोकेको थियो।कक्षा ११ र १२ मा करिब ९ लाख ६२ हजार परीक्षार्थी रहेका छन् । ४ लाख ६२ हजार विद्यार्थी एसईईको तयारीमा रहेका थिए ।

तपाईको प्रतिक्रिया