Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, २५ चैत । झापाका एक युवा नेताले आफ्नो घर भवनमा भाडामा बस्ने र व्यवसाय गर्नेलाई एक महिनाको भाडा मिनाह गर्ने घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी(नेकपा ) झापा जिल्ला सचिवालय सदस्य युवा नेता पुष्पलाल ढकालले एक महिनाको भाडा मिनाहा गरेको घोषणा गरेका हुन् । उनले गौरादह नगरपालिकाले स्थापना गरेको बिपत ब्यवस्थापन राहत कोषमा समेत नगद १५ हजारको चेक हस्तान्तरण गरेका छन् ।

गौरादह नगरपालिका -२ का स्थायी बासिन्दा ढकालले नगरपालिकाको कार्यलय पुगेर नगरप्रमुख रोहितकुमार शाह, उपप्रमुख गीता भेट्वाल र नगर प्रबक्ता नगेन्द्र भण्डारी लगाएतको उपस्थितमा आफ्नो घर भवनमा भाडामा बस्नेहरुको चैत्र महिनाको भाडा मिनाह गर्ने घोषणा गर्नुका साथै राहतको चेक हस्तान्तरण गरेका हुन् ।

समाजसेवी ढकालले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले उद्योग, व्यवसाय र समग्र अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पारेको भन्दै केही भएपनि राहातको लागि भाडा मिनाहाको व्यवस्था गरेको  बताए।

जारी लकडाउनको समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने बिपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गराउने राहत थप प्रभावकारी होस् भन्ने उदेश्यले नगरपालिकाको सो कोषमा समेत नगद जम्म गरेको उनले बताए ।

यो बेला कोरोना भाइरससँग लड्दै र संकटका बेला एकले अर्कालाई साथ दिने अभियान चलाउन सरकारले आह्वान गरेको हुदा आफूहरूले घरभाडा मिनाहा र यथासक्य राहत हस्तान्तरण गरेको ढकाल पत्नी जयन्ता ढकालले बताइन् ।

उनीहरूले सटर भाडामा लिएर ब्यवसाय गर्दै गरेकाहरुको चैत एक महिना बापतको रकम फेन्सी पसल संचालक किरण चम्लागाइको १५ हजार, औसधि ब्यवसायी लोचन सापकोटाको ८ हजार, स्पोर्ट्स स्टेसनरी ब्यवसायी राजन पन्तको ७ हजार र होटेल व्यवसायी नारायण कट्वालको ८ हजार गरेर जम्मा ३८ हजार बराबरको भाडा मिनाहा गर्ने घोषण गरेका हुन् ।

राहात बुझ्दै नगरप्रमुख शाहले यो बेला सबै एक भएर कोरोनासँग लड्नेबेला हो भन्दै आआफ्नो ठाऊँबाट सहयोगमा जुट्न नगरबासीलाई आह्वान समेत गरेकाछन् । प्रमुख शाहले भाडा छुट गरेर ढकाल परिवारले उदाहरणीय रुपमा आफूलाई प्रस्तुत गर्नुभएकोमा आभार धन्यवाद ज्ञापन गरेका थिए ।

तपाईको प्रतिक्रिया