आइतबार, चैत्र १९, २०७९
Sunday, April 2, 2023

भेषराज नेउपाने

यसै गरि कहिले सम्म चल्छ जिन्दगानी
थाहा छैन खै कुन दिन ढल्छ जिन्दगानी

मलजल, गोडमेल त गर्नु गरेकै हो
कस्तो रुखमा फुल्छ अनि फल्छ जिन्दगानी

बाहिर निस्कुँ कोरोनाको कहर डरलाग्दो
भित्रै मात्र बस्दा पनि गल्छ जिन्दगानी

प्रकृति र विज्ञान बीचको युद्ध हो सायद
बनमा लाग्या डढेलो झैं बल्छ जिन्दगानी ।
गौरादह ४, झापा

तपाईको प्रतिक्रिया