Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, २४ चैत्र । सर्वोच्च अदालतले विदेशबाट फर्किएका नेपालीहरुलाई अनिवार्य क्‍वारेन्टाइनमा राख्‍न सरकारका नाममा आदेश जारी गरेको छ ।

विभिन्न अधिवक्ताहरुले दायर गरेको रिट निवेदनको एकमुष्ट सुनुवाइ गर्दै सोमबार सर्वोच्चले विदेशबाट सबै क्‍वारेन्टाइनमा नबसेको पाइएकाले स्थानीय तहमार्फत उनीहरुको खोजीनिती गर्दै क्‍वारेन्टाइनमा राख्न आदेश गरेको छ ।

सर्वोच्चले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्‍वारेन्टाइन बनाउन पनि आदेश दिएको छ । अनि राहत वितरणमा पारदर्शी गर्न आदेश दिएको छ । दुर्गममा कोही संक्रमित भएमा र उपचार गर्नुपर्ने भएमा हेलिकप्टरको बन्दोबस्त गरेर समेत अस्पतालसम्म पुर्‍याउन आदेश दिएको हो ।

त्यस्तै सर्वोच्चले कोभिड १९ संक्रमितको आकस्मिक लगायतका सबै उपचार गर्न आदेश दिएको हो ।कान्तिपुर

तपाईको प्रतिक्रिया