Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

विराटनगर, २२ चैत्र । श्रीमती र छोरी सुतिरहेको बेलामा आगो लगाएर श्रीमान फरार भएका छन् । बिहीबार राति आगो लगाएर श्रीमान सियाराम उराउ फरार भएका हुन् ।

सुनसरीको इनरुवा नगरपालिका-८ बस्दै आएका सियारामले ३५ वर्षीय श्रीमती कमलकुमारी उराउ, सात वर्षीया छोरी प्रतिक्षा र चार वर्षीया छोरी प्रतिज्ञालाई आगो लगाएर फरार भएका हुन् ।

आगलागीबाट घाइते तीन जनाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको कमलकुमारीका भाइ रिट्ठे उराउले बताए ।

उनका अनुसार सामान्य विवादमा बिहीबार राति आगलागी गराएर सियाराम फरार भएका हुन् । बिरामीको गाउलेले उद्धार गरेका थिए ।

माइती पक्षको उजुरी परेपछि सियारामको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी बिनोद शर्माले जानकारी दिए।

तपाईको प्रतिक्रिया