Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

गौरादह, २२ चैत्र । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई रोक्न सरकारले गरेको लकडाउनका कारण रोजगारी बन्द हुँदा दैनिकी चलाउन समस्यामा परेकाहरुलाई बुलोचोक विकास समितिले ३३ विपन्न घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ ।

साहारा नेपाल चारपाने बिर्तामोडमा कार्यरत समाजसेवी उषा रोक्का र बुलोचोक बिकास समिति बाल क्लबका सदस्य आयुषा ताजपुरियाका पिता मोहनलाल ताजपुरियाको बिशेष सहयोगमा बितरण गरिएको हो ।

प्रत्येक परिवार लाई संख्याहेरी चामल ६ देखि १२ केजी को दरले, दाल १केजिका दरले, नुन १ पेकेटका दरले , खाने तेल १ लिटरका दरले, साबुन १ पिस का दरले, माक्स आदि वितरण गरिएको छ । सरकारद्वारा जारी लकडाउनको सबैले पालना गरौं, भोकभोकै कोहिपनि नबसुन् भन्ने उद्देश्यले दैनिक ज्यालादारीमा मजदुरी गर्ने र विपन्न परिवारहरुलाई बुलोचोक बिकास समितिका युषाङ्ग मोक्तान, दिपेश ताजपुरिया गरि नौ जनाको टोलीले राहत सामाग्री बितरण गरिएको बुलोचोक बिकास समितिका अध्यक्ष धर्मेन्द्र शाहले जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया