Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, २२ चैत्र । कोरोना भाइरसको महामारी फैलिरहंदा सरकारले लगाएको लकडाउनका कारण आय आर्जन र गुजाराको विकल्प नभएकाहरुलाइ गौरादह-१ निवासी रमेश सिटौलाका डेनमार्क निवासी छोरा बिपुल सिटौला र बुहारी बिद्या सिटौलाबाट १५ घरधुरी परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

स्वर्गीय आमा इन्दिरा सिटौलाको स्मृतिमा शनिबार(आज)कुनै एक निश्चित ठाउँमा भिडभाड नगरि, सुरक्षित रहेर राहत सामग्री वितरण गरिएको हो ।

गौरादह बजार क्षेत्रका आसपासका दैनिक ज्यालादारीमा मजदुरी गर्ने र विपन्न परिवार भोक भोकै नबसुन् भन्ने उद्देश्यले राहत स्वरुप प्रत्येक घरधुरी परिवारलाई १० केजी चामल, १ केजी दाल, १ पोका नुन, १ पोका तेल, साबुन पेष्ट लगायतका सामग्री वितरण गरिएको जनाइएको छ ।

यस्तै, रमेश सिटौलाका ज्येष्ठ सुपुत्रले केहि दिन अघि मात्र गौरादह नगरपालिकाले आहवान गरेको विपद व्यवस्थापनको कोषमा ५ हजार १ सय नगद सहयोग स्वरुप प्रदान गरिएको वडा सदस्य कोमल प्रसाद ढुंगानाले जानकारी दिएका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया