Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, २२ चैत्र । सरकारले घोषणा गरेको लकडाउन र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल गर्न शनिबार ४ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

सरकारले चैत २५ सम्म लकडाउन घोषणा गरेको अवस्थामा यसलाई निरन्तरता दिने/नदिने बारेमा पनि मन्त्रिपरिषदमा छलफल हुने स्रोतले बतायो ।

त्यसैगरी स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने र अन्य नियमित एजेण्डामाथि छलफल गरिने बालुवाटार स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया