Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, २१ चैत्र । झापाको विर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचाररत फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्वापोको निधन भएको छ ।

३३ वर्षीय तुम्वापोको शुक्रबार मस्तिष्काघातबाट निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए । बिहीबार घरमै बेहोस भएपछि उनलाई उपचारका लागि हेलिकप्टरमार्फत सो अस्पताल ल्याइएको थियो ।

प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो आफैँ अस्पताल आएर वडाध्यक्षको शव लिएर पाँचथर गएका छन् । तुम्बापो तत्कालीन नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षमा निर्वाचित थिए । रासस

तपाईको प्रतिक्रिया