Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २१ चैत्र । नेपाल प्रहरीले कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी जानकारी लिन मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

यसअघि अपराध, हिंसा तथा दुर्घटनाबारे प्रयोगकर्ताहरुबाट जानकारी लिन प्रयोगमा ल्याएको ‘नेपाल पुलिस मोबाइल एप’लाई नै अपडेट गरिएको हो ।

योसँगै एप प्रयोगकर्ताले कोरोना भाइरस सम्बन्धी सूचना प्रहरीलाई रिपोर्ट गर्न सक्नेछन् ।

लकडाउनको उल्लंघन भएमा, कालोबजारी भएमा, आफू वा छरछिमेक कसैलाई कोरोना भाइरसको लक्षण देखिएमा एपमार्फत् प्रहरीलाई रिपोर्ट गर्न सकिने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया