Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

झगेन्द्र खड्का
गौरादह, २१ चैत्र । स्थानीय सरकारले गरिब तथा विपन्न परिवारलाई वितरण गरेको राहत कार्यक्रम प्रभावकारी नभएको मजदुरहरुले बताएका छन्। गौरादह नगरपालिका वडा नं.७ को पुरानो ग्वालडुब्बाका बिपन्न घर परिवारका सदस्यहरुले आफुले राहत नपाएको गुनासो गरेका छन।

गौरादह नगरपालिकाले वडाकार्यलयलाई खाद्यान्न बितरणकालागि गरिब तथा बिपन्न घर परिवारको लगत संकलन गरि नगरपालिकामा पेस गर्न जानकारी गराएको थियो।
वडाकार्यलयले टोल बिकास समिति मार्फत नामावली संकलन गरि नगरपालिकामा बुझाएको थियो। स्थानीय सरकारले बिपन्न परिवारलाई राहातको कार्यक्रम ल्याएपनि टोल विकास समितिले दैनिक जनमन गरि छाक टार्नेहरुको नाम छुटाएको मजदुरहरुले गुनासो गरेका छन्। टोल विकास समितिले आफू निकटका जन मजदुरको मात्र नाम सिफारिस गर्दा अन्य मजदुर स्थानीय सरकारले वितरण गरेको राहतबाट वञ्चिित भएको वडा नं.७ का अमिन राजवंशी बताउँछन्।

नगरपालिकाले जनमजदुर गर्नेहरुको नाम पठाउनु भनेपनि सबै मजदुरको नाम सिफारिस नगर्नु टोल विकास समितिको कमजोरी रहेको पुरानो ग्वालडुब्बाका अर्का मजदुर जोगेस माक्रा बताउछन्। पुरानो ग्वालडुब्बामा आदिवासी समुदायहरु रहेको टोलमा अधिकांश जनमजदुर गर्नेहरुको बसोबास रहेको छ। टोल बिकास समितिले भने पुरानो ग्वालडुब्बाबाट ५० घर परिवारको नाम पठाएर अन्य मजदुरको नाम छुटाएको मजदुरहरुले गुनासो गरेका छन्। जनमजदुर गरेर परिवार पालिरहेका नागरिकहरु कोहि राहत पाउने र कोहि नपउनेमा स्थानीय सरकारले राहत बितरणमा विभेद गरेको पुरानो ग्वालडुब्बाका गठिया राजवंशी बताउछन।

कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन नेपाल सरकारले लकडाउन गरि घरमा बस्न निर्देशन दिएपछि दैनिक ज्यालादारीमा जानमन गरि छाक टार्ने मजदुरहरु समस्यामा परेका छन।गौरादह नगरपालिकाले नगरपालिका भित्र बिहान बेलुका छाक टार्न समस्या भएका गरिब दुखिहरुको लगत संकलन गरि खाद्यान्न सामग्री बितरण गरिरहेको छ।पुरानो ग्वालडुब्बा टोल बिकास भित्र जनमजदुर गर्नेहरुको संख्या बढी रहेकाले यसपटक ५० घर परिवारलाई बितरण गरिएको र बाँकी घर परिवारलाई प्रदेश सरकारबाट आएको खाद्यान्न सामग्री बितरण गरिने पुरानो ग्वालडुब्बा टोल बिकास समिति अध्यक्ष सोभाध्वज सिंह माक्रा बताउँछन्। वडा नं.७ भित्र बसोबास गर्ने नागरिकहरुले भोकै बस्नु नपर्नु वडाध्यक्ष बलराम खरेल बताउँछन्।

जनमजदुर गर्ने नागरिकहरुलाई छाक टार्न समस्या भएमा वडाकार्यालयमा जानकारी गर्न आग्रह गरे। लकडाउनको समय अवधिभर बिहान बेलुका छाक टार्न समस्या हुने जनमजदुरको घर परिवारलाई वडाको बजेटबाट खाद्यान्न सामग्रीको व्यवस्थापन गर्ने जानकारी गराए। गरिब, बिपन्न तथा जनमजदुर गर्ने नगरवासिहरुलाई स्थानीय सरकारले खाद्यान्न वितरण गरेपनि नामावली सिफारिसमा टोल विकास समितिले सुक्ष्म अध्यन नगरी नाम पठाउँदा समस्या आएको अनुगमन गरिरहेका गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाह बताउँछन्।

तपाईको प्रतिक्रिया