Online Bichar
सोमबार, मंसिर २५, २०८० | Monday, December 11, 2023

गौरादह, २० चैत्र । गौरादह नगरपालिकाले नगर भित्र रहेका गरिब तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ। गौरादह नगरपालिका भित्रका ९ वटै वडामा बसोबास गरेका जनमजदुर गर्ने गरिब तथा विपन्न ३ हजार २ सय २९ घर परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हो।

गौरादह नगरपालिकाको बिपद व्यवस्थापन कोषको ४० लाख र जनप्रतिनिधिको सेवा सुविधाबाट ६ लाख गरि जम्मा ४६ लाखको वजेटबाट खाद्यान्न सामग्री वितरण गरेको गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार शाहले बताए।

वडाका जनप्रतिनिधिहरुले पहिचान गरि वडा भित्र रहेका गरिब तथा विपन्न घर परिवार छनौट गरि नगरपालिकामा बुझाएको विवरणका आधारमा चामल, दाल,तेल र नुन वितरण गरिएको हो। गौरादह नगरपालिकाको ठुलो क्षेत्रफल भएकाले राहत पाउने घर परिवारलाई नगरपालिकामा नबोलाई वडा कार्यलयका जनप्रतिनिधिलाई जिम्मा लगाएको थियो।

वडा कार्यलयले छनौट गरेका विपन्न घर परिवारको आँगनमा पुगेर खाद्यान्न सामग्री प्रति परिवार १० के.जि.चामल, दाल १ के.जि.,नुन १ के.जि.र खाने तेल १ लिटरका दरले वितरण गरेको छ। वडा कार्यालयले संकलन गरेको वडा भित्र रहेका गरिब तथा विपन्न परिवारहरु वडा नं.१ मा ५ सय २० वडा नं.२ मा २ सय १० वडा नं.३ मा १ सय ६४ वडा नं.४ मा २ सय ६९ वडा नं.५ मा ३ सय ७८ वडा नं.६ मा ६ सय ९३ वडा नं.७ मा ३ सय २७ वडा नं.८ मा ४ सय १६ र वडा नं.९ मा २ सय ४९ बिपन्न घर परिवार रहेको विवरण पेश गरेका थिए।

 

तपाईको प्रतिक्रिया