Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

काठमाडौं, २० चैत्र । नेपालमा फेरि एकजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परिक्षणमा एक जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको पुष्टि भएको हो ।

ती व्यक्ति चैत ४ गतेको कतार एयरलाइन्सको क्यूआर६५२ नम्बरको फ्लाइटमा दोहा हुँदै काठमाडौ आएका थिए । यसअघि पनि सोही फ्लाइटमा आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले प्रेस मिटमा उक्त कुरा जनाएका हुन् । यो गरी संक्रमितको केश ६ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया