Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, २० चैत्र । कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएका दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ नै आएको छ ।

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवती र यूएईबाट काठमाडौं आएका युवाको दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको हो ।

चैत ४ मा फ्रान्सबाट नेपाल आएकी १९ वर्षीय युवतीमा चैत १० गते र यूएईबाट चैत ६ गते नेपाल आएका ३४ वर्षीय युवामा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरुको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दोस्रो नमुना संकलन लिएर जाँदा गर्दा रिपोर्ट पोजेटिभ नै आएको हो । उनीहरुको टेकुमै उपचार भइरहेको छ ।

रिपोर्ट पोजेटिभ आएपछि अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने अस्पताल स्रोतले बताएको छ । नेपालमा हालसम्म ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १ जना निको भएका छन् ।रातोपाटी

तपाईको प्रतिक्रिया