Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झगेन्द्र खड्का
गौरीगंज, १९ चैत्र । कोरोना भाइरसको संक्रमण रोकथामका लागि लकडाउन गरिएपछि मजदुर देखि ठेकेदार सम्मलाई त्यसको प्रभाव परेको छ। दैनिक ज्यालादारी गरेर पाखुरा बजाई बेलुकी दाल, चामल र सागसब्जी किनेर खाने व्यक्तिको रोजिरोटी खोसिएको छ।

उनीहरुले काम गर्ने ठाउँमा काम रोकिदा रोजगारी मरेको छ भने बजार तथा पसलहरु बन्द हुदा चाएिएको सामग्री समयमा लिन नपाउदा जनजिवन प्रभावित बनेको छ। कोरोना भाइरसको संक्रमणबाट कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस भनेर सरकारले लकडाउन गरि सकरात्मक कदम चालेपनि सर्वहारा वर्गमा रोजिरोटी मर्दा नकारात्मक असर परेको छ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले मुलुक भर लकडाउन गरि घरैमा बस्न निर्देशन दिएपछि जनमजदुर गरि कमाइ खाने व्यक्ति प्रत्यक्ष मारमा परेका छन।
लोकनाथ एन्ड टिस्टेट गौरीगंजको चिया बगानमा काम गर्ने मजदुरलाई लकडाउनले असर पारेको छ। चियाबगानमा चिया टिप्ने कामदारको रासन नहुदा अहिले प्रत्यक्ष मारमा परेका छन। स्याम कृष्ण चौधरीले लगाएको चियाबगानमा अहिले ४५ जना मजदुरले दैनिक चिया टिप्ने गरेको उनका छोरा मोहित नारायण चौधरीले जानकारी गराए। लकडाउनका कारण चियाबगानको काम रोकिएपछी मजदुरहरुलाई परिवार पाल्न समस्या भएको छ। चियाबगानमा काम गरेर ५ जनाको परिवार चलाउने गरेकोमा सबैतिर बन्द भएपछि रासनको समस्या भएको गौरीगंज गाउँपलिका वडा नं.६ कि फुलो देबि मण्डलले बताइन्। उनले भनिन् चामल सकिएर अहिले खुदी किनेर खाना खाएको बताइन्। साहि चियाबगानमा काम गर्ने गौरीगंज६ का औलादिन मियाको हालत पनि उस्तै छ।

उनको ८ जनाको परिवार छ,काम रोकिएपछि उनलाई परिवार पाल्न समस्या भएको छ। यस अघि काम गरेर जोहो गरेकोले केही दिन पुग्यो अब त्यो पनि सकियो अब परिवारलाई रासनको व्यवस्थापन गर्न समस्या भएको उनले बताए। चियाबगान बाहेक घर निर्माण तथा अन्य क्षेत्रमा काम गर्ने मजदुरहरुलाई पनि गाँसबासको समस्या भएको छ। सडक तथा पुल निर्माण गर्ने ठेकेदारलाई पनि लकडाउनको असर परेको छ।

सडक निर्माणका साधनहरु चलाई कामदार लगाएर तिव्र गतिमा काम गरिरहेका ठेकेदार कम्पनीहरु प्रत्येक्ष मारमा परेका छन। सडक निर्माणको काम लगातार गरिरहेका निर्माण कम्पनीका साधन रोकिदा र कामदारलाई बसाएर पाल्नु पर्दा ठेकेदार कम्पनीहरुलाई लाखौ रुपैयाको क्षति भएको छ। लकडाउन भएपछि निर्माण कम्पनीहरुले चलाइरहेका सडक निर्माणका साधनहरु रोकिएका छन् भने कामदारहरु क्वाटरमा बसेका छन। सवारीसाधन रोकिएपछी कामदारहरु घर जान पाएनन्। उनीहरुलाई गाँसबासको व्यवस्थापन निर्माण कम्पनीले व्योहोर्नु परेको छ।

झापाको दक्षिणी क्षेत्रमा रहेको हुलाकी सडक निर्माणको काम तिव्र रुपमा संचालन भइरहदा लकडाउनका कारण काम रोकिंदा कम्पनीको दैनिक लाखौं रुपैयाँको क्षति भएको सडक निर्माण कम्पनीका प्रोजेक्ट मेनेजर दिपक श्रेष्ठ बताउँछन। सडक चौडा गरि धमाधम निर्माणकार्य संचालन भइरहेको काम रोकिएपछी सडक निर्माण कार्य लकडाउनको चपेटामा परेको हो। महेन्द्र राजमार्गको बैकल्पिक सडकको रुपमा लिएको बिराटनगर भद्रपुर जोड्ने सडक निर्माणकार्य लकडाउनका कारण रोकिएपछी कामदारहरु क्वटरमा बसेका छन। सडक निर्माणको जिम्मा पाएको मोतिदान कन्ट्रकसन सेवा प्रा।लि। ले उक्त सडक निर्माण कार्यमा कर्मचारी र कामदार करिव ७० जना खटाएको थियो। लकडाउन हुने थाहा भएपछि ४० जना जति कामदार घर फर्किए भने ३० जना जति कामदार धर जान नपाउदा अझै क्वाटरमा बसेको ठेकेदार राम बहादुर गौतम बताउँछन्।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया