झापा, १९ चेत्र । प्रधानमन्त्रीको निर्वाचन क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को क्षेत्रीय कमिटीले चैत्र १८ गते एक विज्ञप्ती जारी गरेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ५ झापाको क्षेत्रीय कमिटीले सो विज्ञप्ती जारी गरेको हो ।
क्षेत्रीय संयोजक मदन अधिकारी र सचिव दुर्गा चौंलागाई(श्रीकान्त) द्दारा जारी विज्ञप्ती मार्फत विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना(कोभिड– १९) बिरुद्ध सरकारले चालेका विभिन्न कदमहरुमा महत्वपूर्ण सहयोग पुर्याउन आवहान गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ सरकारको एकल प्रयासले मात्रै यो महामारीको नियन्त्रण गर्न मुस्किल हुन्छ तसर्थ जनस्तरबाट हामी सबैजनाले यो विषम परिस्थितिका बेला सरकारले उठाएका विशिष्ट कदमहरु प्रति आवश्यक साथ सहयोग गरी महामारी नियन्त्रणका निम्ति सहयोगी बनिनुको कुनै पनि विकल्प छैन । त्यसैगरी सरकारले घोषणा गरेको लकडाउनको पूर्णतया पालना गर्दै आफू र आफ्नो परिवारका सदस्यहरुको विशेष ख्याल गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्षेत्रिय कमिटी, क्षेत्र नं ५ को तर्फबाट सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौं भनिएको छ ।
विज्ञप्तीको पूर्णपाठ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
क्षेत्रिय समन्वय कमिटी, क्षेत्र नं ५, झापा
सम्पूर्ण आमाबुबा, दाजुभाई तथा दिदिबहिनीहरु,
कोरोना -कोभिड – १९ को संक्रमणको कारण विश्वव्यापी रुपमा महामारीको भयाहव स्थिति सिर्जना भएको छ । आज सम्म विश्वमा साढे सात लाख मानिसहरुमा यसको संक्रमण भइसकेको र करिब तेतिस हजार जनाको मृत्यु समेत भएको विकराल अवस्था रहेको सर्वविदितै छ । विश्वका सम्पन्न तथा वैभवशाली भनिने राष्ट्रहरु महामारीबाट अझ बढि आक्रान्त बनेका छन् । यसैक्रममा दिनहुँ संक्रमित तथा मृत्यु हुने संख्यामा निरन्तर वृद्धि हुँदैगइरहेको परिप्रेक्ष्यमा नेपाल सरकारले विश्वव्यापी रुपमा फैलिएको महामारी नियन्त्रणका लागि देशव्यापी रुपमा समयमै लकडाउनको घोषणा गरेर सजगता अपनाएको कारणले हाल सम्म हामी आम नेपालीहरु ठूलो जोखिमबाट बच्न सफल भईरहेका छौ । जोखिमको यो समयमा नेपाल सरकारले आम नेपालीमा घरबाट ननिस्कन, बजार तथा सार्वजनिक स्थलमा भेला नहुनका साथै सरसफाईमा बिशेष ख्याल गर्नका निम्ति अनुरोध गरेको छ । साथै नेपाल सरकारले कोरोनाको संक्रमणलाई नियन्त्रण गर्नका लागि विशेष तदारुकताका साथ विभिन्न निर्णय गरि त्यसको प्रभावकारी कार्यान्वयनका लागि पहल समेत गरिरहेको छ ।
यसै सन्दर्भमा सरकारले चालेका विभिन्न कदमहरु प्रति हामी–सम्पूर्णले महत्वपूर्ण सहयोग गर्न जरुरी रहेको छ । सरकारको एकल प्रयासले मात्रै यो महामारीको नियन्त्रण गर्न मुस्किल हुन्छ तसर्थ जनस्तरबाट हामी सबैजनाले यो विषम परिस्थितिका बेला सरकारले उठाएका विशिष्ट कदमहरु प्रति आवश्यक साथ सहयोग गरी महामारी नियन्त्रणका निम्ति सहयोगी बनिनुको कुनै पनि विकल्प छैन । सानो गल्तिले पनि ठूलो क्षति हुन सक्ने यस अवस्थामा सजगता अपनाउन पनि उति नै महत्वपूर्ण रहेको छ । सरकारले घोषणाको गरेको लकडाउनको पूर्णतया पालना गर्दै आफू र आफ्नो परिवारका सदस्यहरुको विशेष ख्याल गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) क्षेत्रिय कमिटी, क्षेत्र नं ५ को तर्फबाट सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौं ।
यस विषम परिस्थितिमा सरकारले चालेका सम्पूर्ण कदमलाई प्रभावकारी तरिकाले कार्यान्वयका निम्ति आवश्यक सहयोग गर्नका लागि पार्टीका सम्पूर्ण कार्यकर्ता पंक्तिमा विशेष आग्रह गर्दछौं । आवश्यक जानकारी तथा सूचना आदानप्रदान गर्ने, बच्ने उपाय तथा उपचारका विषयमा आफ्नो वरिपरि आवश्यक जानकारी आदानप्रदान गर्ने कार्यमा जिम्मेवार ढंगबाट अगाडि बढ्नुका साथै लकडाउनको समयमा दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्ने वर्ग सबैभन्दा बढि समस्यामा पर्ने हुँदा आफ्नो वरिपरि रहेका विपन्न वर्गलाई दैनिक जीवन निर्वाहका लागि आवश्यक खाद्यन्न समाग्रीको तथा औषधिको आवश्यक व्यवस्थापन गर्ने कार्यमा विशेष रुपले लाग्नका निम्ति आम कार्यकर्ता पंक्तिहरुमा अनुरोध समेत गर्दछौं । साथै यो महामारीको घडिमा स्थानीय तहले निर्माण गरेका आपतकालिन विशेष योजनाहरुको दृढतापूर्वक कार्यान्वयनका लागि आवश्यक सहयोग पु¥याउनका साथै समाजमा संक्रमण फैलिन नदिनका लागि सजगता अपनाउँदै यो महामारीको नियन्त्रण कार्यमा उच्च मनोबलका साथ अगाडि बढ्नका निम्ति सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी सदस्य, शुभेच्छुक तथा आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।
क. दुर्गा चौलागाई (श्रीकान्त) क. मदन अधिकारी
सचिव संयोजक
मिति – २०७६÷१२÷१८