Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, १८ चैत्र । हाल विश्वभर महामारीको रुपमा फैंलिदै गईरहेको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणका कारण यतिबेला विश्व नै आतंकित भइरहेको बेला लकडाउनको समय अवधिभर गौरादह नगरपालिका भित्रका नागरिकहरुलाई घरभित्र नै बस्न आग्रह गरेको छ ।

गौरादह नगरपालिका, उद्योग वाणिज्य संघ गौरादह र इलाका प्रहरी कार्यालय गौरादहले नगरभित्रका नागरिकहरुका लागि आज(मंगलबार)सुचना जारी गर्दै लकडाउन अवधिभर नागरिकहरुलाई अति आवश्यक पर्ने सामानहरु नागरिक कै घर दैलोमा पुर्याउने उद्देश्यका साथ सुचना जारी गरेको हो ।

सुचनामा खाद्यान्न सामग्री र सागसब्जीका लागि आफुलाई पायक पर्ने बिक्रेताहरुको सम्पर्क नम्बर सहितको पर्चा माइकिङ् गर्दै वितरण गरिने इलाका प्रहरी कार्यालय गौरादहले जानकारी दिएको छ ।

भिडभाडले कोरोनाको संक्रमण अझ बढ्ने भएकोले त्यसलाई मध्यनजर गर्दै आफुसँग सेवा सुविधा हुने नागरिकले बजार नआई घरमै बसेर अत्यावश्यक सामग्रीहरु फोन बाट नै टिपेर मगाउन सकिने जनाइएको छ । यस्तै औषधी पसलमा आउने नागरिकले डक्टरको प्रेस्कृप्सन देखाएर औषधी लिन पाइने र बिरामी लिएर चेक जाँच गर्न आउन जान पाइने समेत जनाइएको छ । साथै दुध डेरी, ग्याँस, पशुपंक्षी का आहाराको सेवा समेत खुला रहने जनाइएको छ ।

लकडाउन कुनै बन्द हड्ताल, कर्फयु जस्तो निश्चित समयमा खुल्ने नभई २४सै घण्टा हुने हुँदा सो को पालना गरिदिन हुन गौरादह नगरपालिका, उद्योग वाणिज्य संघ गौरादह र ईलाका प्रहरी कार्यालय गौरादहले आग्रह समेत गरेको छ । यस्तै, यस्तो विषम परिस्थितीमा कसैले जुवा, तास जन्य खेल खेल्ने खेलाउने, मादक पदार्थ बिक्री वितरण, ओसार पसार तथा नेपाल सरकारले रोक लगाएको कार्य गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुने समेत जनाइएको छ ।
नगरभित्रका बजारहरुमा अत्यावश्यक काम नभएका नागरिकहरु पनि अनावश्यक रुपमा बजारमा घुम्न आउने ओहर दोहर गर्ने क्रम नगरिदिनुहुन पनि यस्तो सुचना जारी गरिएको सम्बन्धित निकायले जनाएको छ । अत्यधिक भिडभाडले कोरोनाको संक्रमण फैलिने भएकोले सबै नागरिक सचेत रहन आहवान समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया