Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काँकडभिट्टा, १७ चैत्र । तेस्रो संक्रमित चढेको एयर अरबिया जी ९५३७ विमानमा सवार १ सय ७० मध्ये ९ जना झापाका रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार झापाका सबै यात्रीको पहिचान भइसकेको छ ।

यसअघि अर्को संक्रमित सवार कतार एयरको क्यू ६५२ विमानमा ७ जना झापाका थिए । उनीहरुको समेत पहिचान भइसकेको छ ।

प्रहरी उपरीक्षक कोइरालाका अनुसार दुवै विमानमा आएका झापाका यात्रीको पहिचान भइसकेको छ ।

जसमध्ये ३ जना मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसनमा उपचाररत छन् । केही स्थानीय तहका क्वारेन्टाइनमा छन् भने केही होम क्वारेन्टाइनमा छन् । अहिलेसम्म सबै यात्री सुरक्षित नै देखिएको उनले बताए ।कान्तिपुर

तपाईको प्रतिक्रिया