Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, १६ चैत्र । गौरादह नगरपालिका वडा नं.९ बैगुन्धुराले कोरोना भाइरस नियन्त्रणका लागि विशेष सावधानी अपनाएको छ । नेपाल भित्र बसोबास गरेका नागरिकहरुमा हाल सम्म यो भाइरस नदेखिएको तर बाहिरबाट नेपाल आएका नागरिकहरुमा भेटिएकाले वडा भित्र बाहिरबाट आएका नागरिकहरुको पहिचाहन गर्ने कार्य वडाले गरिरहेको छ ।

बैगुन्धुरामा स्थायी बसोबास भएर भारत लगायत अन्य देशमा रोजगारीका लागि गएर केही समय अगाडि वा तत्काल आएका ब्याक्तीहरुको खोजी गरि उनीहरूको अवस्था र स्वास्थ्य परिक्षण गरि सामान्य अवस्थामा रहेकालाई घरैमा बस्न सल्लाह सुझाव दिएको र ज्वरो आएमा वा केही समस्या देखिएमा उपचारका लागि स्वास्थ्य चौकी आउन सुझाव दिएको बैगुन्धुराका स्वास्थ्य चौकी प्रमुख बिष्णु बहादुर प्रधानले जानकारी गराए ।

क्षेत्रफलको आधारमा गौरादह नगरपालिकाको ठुलो वडाको रुपमा रहेको वडामा वडाध्यक्ष सीताराम भट्टराई सहित जनप्रतिनिधि स्वास्थ्य चौकीका कर्मचारी सहितको टोलीले वडावासिलाई सजग हुन अनुरोध गरेको छ। रोजगारीका लागि भारत गएका ब्याक्तीहरु आफ्नो गाउँ टोलमा आएमा वडा कार्यलय वा सुरक्षा निकायमा जानकारी गराउन अनुरोध गरिएको वडाध्यक्ष भट्टराईले जानकारी गराए । खुल्ला सिमनाका कारण भारतीय क्षेत्रबाट नेपाली भूमिकामा प्रवेश गर्न सक्ने भएकाले उनीहरु प्रति सतर्कता अपनाउनु पर्ने जानकारी गराएका छन् ।

हालसम्म भारत लगायत अन्य मुलुकबाट १२ जना व्यक्तिहरु बैगुन्धुरा क्षेत्रमा आएको वडा कार्यलयले तथ्यांक संकलन गरेको छ। कोरोना भाइरसको संक्रमणबाट जोगिन वडा कार्यलयले वडा भित्र माइकिङ गरि पर्चा पम्प्लेट समेत टाँस गरेको छ।वडाले धारा सहितको ड्रम,साबुन,माक्स,सेनिटाइजर बितरण गर्दै सरसफाइमा ध्यान दिन आग्रह गरेको वडा सचिब राम प्रसाद दहालले जानकारी गराए । बैगुन्धुरा क्षेत्रमा रहेका सरकारी कार्यलयहरु वडा कार्यलय,स्वास्थ्य चौकी, सशस्त्र प्रहरी बेस क्याम्प, तथा आयुर्वेद,बजार,सार्वजनिक स्थलका साथै बाहिरबाट आएका व्यक्तिहरुको घर आँगनमा किटनासक औषधि छर्कने कार्य गरेको वडा सचिव दाहालले बताए ।

वडाले गरिब तथा विपन्न परिवारको बिबरण लिने कार्य सुरु गर्नुका साथै वडाको टोल नं.६ मा बसोबास गर्ने ज्योती ऋषिदेबलाई २५ के।जी।चामल, दाल,तेल र नुन उपलब्ध गराएको वडा सचिब दहालले जानकारी गराए।गौरादह नगरपालिका भित्रका सबै वडामा रहेका गरिब तथा बिपन्न परिवारहरुको बिबरण संकलन गर्ने कार्य भइरहेको र केही दिनमै राहात स्वरुप खाद्यान्न सामग्री बितरण गर्ने तयारी भइरहेको वडा नं.१ का वडा सदस्य कोमल प्रसाद ढुङगानाले जानकारी गराए।
Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया