Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १६ चैत्र । विदेशबाट फर्केर क्वारेन्टाइनमा नबस्ने र सम्पर्कमा पनि नआउनेहरुलाई सरकारले कारबाही गर्ने भएको छ ।

चैत १ बाट नेपाल आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न अनिर्वाय गरिएको थियो । तर अहिले पनि धेरैले त्यसलाई पलना गरेका छैनन् । साथै पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकाहरुसँग विदेशबाट विमानमा यात्रा गरेकाहरु अझै पनि सरकारको सम्पर्कमा पनि आएका छैनन् ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले क्वारेन्टाइनमा नबस्ने तथा सरकारको सम्पर्कमा नआउनेहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया