Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, १४ चैत्र । कोरोनाको महामारी फैलिरहेको बेला झापाको बिर्तामोडमा रहेको वीएण्डसी अस्पताल सरकारलाई दिने सञ्चालक दुर्गा प्रसाईंले घोषणा गरेका छन् ।

विश्वव्यापी रुपमा कोरोना ९कोभिड–१९० भाइरसको महामारी फैलिरहेका वेला उपचारका लागि सरकारलाई अस्पताल सुम्पने उनले घोषणा गरेका हुन् ।

एक सय वटा आईसीयू, २५ वटा भेन्टिलेटर, एक सय ५ जना डाक्टर, नर्ससहित गरी ९ सय जना कर्मचारी रहेको प्रसाईंले बताए । तर, आवश्यक किट र प्रोटेक्टिभ लुगाको सरकारले व्यवस्था गरिदिनु पर्ने बताए ।

उनले चिकित्सकलाई तलब लगायत सबै कुराको व्यवस्था गरे सरकारलाई आवश्यकता भएको दिनसम्मलाई अस्पताल दिन तयार रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया