Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

धरान, १४ चैत्र । कोभिड-१९ नोबेल कोरोना भाइरस सक्रमित बिरामीको उपचार गर्न धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ सय बेडको आइसोलेसन कक्ष स्थापना गरिने भएको छ। कोरोना सक्रमित बिरामीको उपचारलाई मध्यनजर गर्दै प्रतिष्ठानले आइसोलेसन बेड्को बिस्तार गर्न लागेको अस्पतालका निर्देशक डाक्टर गौरीशंकर साहले जानकारी दिए।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्देशन प्रतिष्ठानले बेड बढाउन लागेको हो । हाल २० मात्र आइसोलेसन बेड रहेको प्रतिष्ठानमा बेड थप हुने भएपछि उपचारमा सहज हुने भएको छ । प्रतिष्ठानको आँखा, छाला र हाड्जोर्नी वार्डमा आइसोलेसन बेड तयार गर्न लागिएको अस्पालका सहायक प्रवक्ता डाक्टर अशोक ऐरले बताए ।

स्वाब परीक्षणको रिपोर्ट आएन

वीपी प्रतिष्ठानमा भर्ना भएका १६ जना बिरामीको स्वाब परीक्षणको रिपोर्ट आउन ढिलाई भएको छ । प्रतिष्ठानको आइसोलेसन बेडमा रहेका ७ र अन्य ९ जनाको स्वाब परीक्षण गर्न राष्ट्रिय जनवास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ तर प्रयोगशालाले रिपोर्ट दिन ढिला गरेका कारण बिरामीको अवस्थाका बारेमा बताउन समस्या भएको प्रतिष्ठानका चिकित्सकले गुनासो गरेका छ।

सरकारले प्रतिष्ठानलाई कोरोनाको परीक्षण गर्न अनुमति दिएको भए पनि आवश्यक उपकरण अभावका कारण परीक्षण सुरु हुन सकेको छैन ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया