Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, १३ चैत्र । कोरोना भाइरसको संक्रमण बाट बच्न गौरादह नगरपालिका-३ का युवाले नि:शुल्क मास्क तथा पञ्जा वितरण गरेका छन् । गौरादह नगरपालिका-३ का अर्जुन कुमार सुवेदी, सुनिल खड्का, पर्वत राई र उमेश अधिकारीले मास्क तथा पञ्जा निशुल्क वितरण गरेका हुन् ।

बजारमा मास्कको अभाव देखिएपछि आज(बिहिबार)गौरीगंज इलाका प्रहरी कार्यालयमा गएर ३० वटा मास्क र १०० वटा पञ्जा वितरण गरिएको युवा सुनिल खड्काले जानकारी दिए ।

यस्तै, गौरीगंज चौकमा खटिएका सुरक्षाकर्मीहरुलाई एउटा स्यानिटाइजर समेत वितरण गरिएको उनले बताएका छन् । लग डाउनसुरु भएदेखि नै आफ्नो व्यक्तिगत लागतमा साथै युवा साथिहरुको संयुक्त लागतमा मास्क, पञ्जा वितरण गर्दै आइरहेको युवा सुनिल खड्काले बताए । कोरोना भाइरसको त्रास फैलिरहेको बेला सबैले एक अर्कालाई सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले दिन रात हाम्रो सुरक्षाको लागि खटिरहेका सुरक्षाकर्मीहरु को स्वस्थ्यका लागि उक्त सामग्री वितरण गरिएको जानकारी दिएका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया