Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, १३ चैत्र । कोरोना भाइरसको जोखीम बढी रहेको समयमा नेपाल सरकारले लकडाउन गरेसँगै झापाको दक्षिणी क्षेत्रका बजार तथा सडक सुनसान भएका छन । लकडाउनलाई सफल बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी सक्रियताका साथ लागेका छन । आवतजावत न्यून मात्रामा छ भने बजार, सार्वजनिक तथा निजी यातायातका सवारीसाधन ठप्प छन ।

नागरिकहरुलाई सचेत गराउदै घरमा बसेर बाहिर ननिस्कन स्थानीय सरकारले माइकिङ गरि सुचना प्रवाह गरेको छ । नागरिक हरुलाई अतिआवश्यक काम बाहेक बाहिर हिडडुल गर्न दिइएको छैन । दक्षिणी क्षेत्रका मुख्य ठुला बजारहरु गौरादह,ग्वालडुब्बा, गौरीगंज, खजुरगाछी र दामुना लगायतका बजारमा हाटको दिन भिडभाड र अन्य दिन मानिसहरुको चहलपहल रहने बजारहरु सुनसान भएका छन । दक्षिणी क्षेत्रमा रहेका औषधि पसल पुरै खुल्ला गरिएको छ । सागसब्जी र खाद्यान्न पसल निश्चिित समयका लागि खुल्ला गरिए पनि माछा मासु पसल बन्द गरिएको छ ।

गौरादह बजारमा बिहान ७ देखि १०, दिउसो ४ बजेदेखि बेलुका ६ बजे सम्म सागसब्जी र खाद्यान्न पसल खुल्ला हुने गरेका छन । गौरीगंज र खजुरगाछी बजारमा बिहान ७ बजे देखि १० बजे सम्म र दिउसो ३ बजे देखि ६ बजे सम्म खाद्यान्न र सागसब्जी पसल खुल्ला गरिएपनि बढी भिडभाड र बढी जमघट भएका कारण झापा उद्योग वाणिज्य संघ शाखा गौरीगंज संग समन्वय गरेर गुद्री बजारलाई बन्द गर्ने तयारी गरिएको ईलाका प्रहरी कार्यलय गौरीगंजका प्रमुख गणेश प्रसाद भट्टराईले बताए ।

ग्वालडुब्बा बजार पनि ठप्प गरिएको छ । दैनिक उपभोग्य सामान लिन आउनेहरुका लागि पसल अगाडि मोवाइल नम्बर राखिएको छ । ग्राहकको आवश्यकता अनुसार फोन गरेर पसलेलाई बोलाई सामान लाने व्यवस्था मिलाइएको अस्थायी प्रहरी चौकी ग्वालडुब्बाका प्रमुख केशव कोईरालाले बताए ।  झापाको दक्षिणी क्षेत्रमा भारतको बिहार सँग सिमना जोडिएको गौरीगंज गाउँपालिका भित्र रहेका सिमानाका पुरै बन्द गरिएको छ । गौरीगंज गाउँपालिका भित्रका मुख्य नाका फत्तेपुर,बैरिया, कुन्जिबारी र बगाहा नाकाबाट आवतजावत बन्द गरिएको सशस्त्र प्रहरी बल बिओपि गौरीगंजका प्रमुख साइमान श्रेष्ठले जानकारी गराए ।
Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया