Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, १२ चैत्र । कोरोना भाइरस (कोभिड(१९)बाट संक्रमित व्यक्ति चैत ६ गते कतारबाट नेपाल आएको पाइएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार भर्चुजल प्रेससिट गर्दै संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको जानकारी दिएका हुन् ।

उनकाअनुसार काठमाडौं आएपछि उनी होटलमा बसेका थिए र स्वास्थ्य असहज भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए ।

त्यहाँ संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको हो ।

तपाईको प्रतिक्रिया