Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १२ चैत्र । नेपालमा कोभिड १९ (कोरोना भाइरस) को अर्का एक जना संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।
बुधबार तेस्रो केस पोजेटिभ भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक पदाधिकारीले बताए। संक्रमितको अन्य जानकारी भने खुलाइएको छैन। उनको टेकु अस्पतालमा उपचार भइरहेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएकोमा ६८४ को रिपोर्ट नेगेटिभ आएको छ।

केही समयअघि चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो। उनी अहिले उपचारपछि निको भइसकेका छन्।

नेपालमा चैत ४ गते कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा संक्रमण देखिएको थियो।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड-१९ का कारण अहिलेसम्म १८ हजार ९ सय १२ जनाको मृत्यु भइसकेको छ। त्यस्तै ४ लाख २३ हजारभन्दा बढी संक्रमित हुँदा एक लाख ९ हजारभन्दा बढी निको भएका छन्।कान्तिपुर

तपाईको प्रतिक्रिया