Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, ११ चैत्र । कोरोनाभाइरस (कोभिड १९) को आशंका गरिएका बिरामी बढ्न थालेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दैनिक ९ सय नमुना परीक्षण गर्न सक्ने गरी क्षमता विस्तार गरेको छ ।

प्रयोगशालाले ४ वटा ल्याब थप गरेको जनाएको छ । यसअघि प्रयोगशालामा एउटा ल्याबबाट मात्रै नमुना परीक्षण हुने गरेको थियो । अब ५ वटा ल्याब भएसँगै कार्यसम्पादन गर्न सहज हुने प्रयोगशालाले जनाएको छ ।

यसैबीच सोमबार संकलन भएका ५० नमुनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६० वटा नमुनाको परीक्षण भइरहेको छ ।

कोरोनाभाइरस (कोभिड१९)को आंशकामा हालसम्म ६ सय ६० वटा नमुना परीक्षण गरिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । रातोपाटी

तपाईको प्रतिक्रिया