Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

दमक,११ चैत्र । झापाको कमल गाँउपालिकाले कोरोना भाइरसको संक्रमण हुन सक्ने जोखिमवाट सावधानी अपनाउनका लागि १५ वेडको क्वारेन्टाइन निर्माण गरेको छ ।
तोपगाछीस्थित केर्खा वजारको शहिद धर्मभक्त माध्यमिक विद्यालयमा आज विहान १५ बेडको क्वारेन्टाइन निर्माण गरिएको स्वास्थ्य संयोजक बाबुराम थुलुङले वताए । क्वारेन्टाइन निर्माण गर्न गाँउपालिकासहित स्थानीयहरुले सहयोग पुरयाँएका थिए ।

उनका अनुसार निर्माण गरिएको क्वारेन्टाइनमा ५ महिलासहित १५ वेड राखिएको छ । त्यहाँ कोरोना भाइरसको संक्रमण हुन नदिन प्रभावितहरुलाई राख्न तयारी गरिएको उनले वताए । क्वारेन्टाईनमा कोरोना भाइरस संक्रमण हुन नदिन पूर्व तयारी स्वरुप स्वास्थ्यकर्मीसहित अन्य आवश्यक भौतिक सामाग्रीहरु समेत राखिने गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्ले वताईन् ।

यस्तै, विदेशबाट भर्खरै नेपाल आएका झापाका अन्य तीन जनालाई आजदेखि जिल्लाको चन्द्रगढीस्थित क्वारेन्टाइनमा राखिएको छ । झापा ,गौरादह नगरपालिका वडा नम्बर ९ स्थित वैगुनधुराका दुई जना र शिवसताक्षी नपा १० स्थित माईधारका एक जनालाई आज संक्रमणको सावधानी स्वरुप क्वारेन्टाइनमा राखिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरले वताए । प्रहरीले तीनै जनालाई संक्रमण हुनवाट जोगाउन क्वारेन्टाइनमा पठाएको उनले जानकारी दिए । सरकारले विदेशबाट आएकालाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेपछि त्यसैअनुसार तीनै युवालाई क्वारेन्टाइनमा पठाईएको प्रनि ठाकुरले वताए ।हाम्रो दमक

तपाईको प्रतिक्रिया