Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

विराटनगर, १० चैत्र । विराटनगर महानगरपालिकामा मंगलबारदेखि अनिश्चितकालीन लक डाउन हुने भएको छ ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगर क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका पसलहरू बन्द हुने जानकारी दिए ।

‘सरोकारवालसबैको आव्हानमा कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन लकडाउनको निर्णय गरेको प्रमुख पराजुलीले बताए ।

महानगरपालिकाले यसअघि गत शनिबारदेखि विराटनगर क्षेत्रभित्र लाग्दै आएका साप्ताहिक हाटबजार बन्द गरेको थियो ।

लक डाउनका लागि खुद्रा व्यवसायी, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार व्यवसायी संघ लगायतका २ दर्जन संघसंस्थाका प्रतिनिधिसँग बैठक गरेर यस्तो निर्णय लिइएको उनले जानकारी दिए ।

लक डाउन गर्नेबारे व्यवसायीक संघ संस्थाका प्रतिनिधिहरुले सहमति गरेका कारण उनीहरुकै मागलाई सम्बोधन गदै महानगरले औपचारिकता मात्र पूरा गरेको उनको भनाइ छ ।

मेयर पराजुलीले नगर क्षेत्रमा लक डाउन गरिने भएपनि खाद्यान्न, औषधि, पानी, दूध, तरकारी र एम्बुलेन्स सेवा भने सञ्चालनमा रहने बताए । अत्यावश्यक परेका यात्रुलाई मात्र सिटी रिक्सा र रिक्सा प्रयोग गर्न तथा चालकले मास्क अनिवार्य लगाउनु पर्ने निर्णय पनि गरिएको छ ।अनलाइनखबर

तपाईको प्रतिक्रिया