Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, १० चैत्र । त्रिभुवन विश्वविद्यालयले सोमबारदेखि सम्पूर्ण प्रशासनिक काम अनिश्चितकालका लागि बन्द गरेको छ । कोरोना भाइरसको संक्रमण त्रासका कारण प्रशासनिक काम बन्द गरेको त्रिविले जनाएको छ ।

चैत २१ गतेबाट मात्र कार्यालय खोल्ने त्रिवि सभा तथा कार्यकारी परिषदले निर्णय गरेको छ । तर चिकात्शा शास्त्र अध्ययन संस्थान तथा कृषि र पशु विज्ञान अध्ययन संस्थान भने आवश्यकता अनुसार खुल्ला रहने त्रिविले जनाएको छ ।

त्रिविले आफू मातहतका सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसको पठनपाठन भने यसअघि नै बन्द गरिसकेको छ ।

तपाईको प्रतिक्रिया