शनिबार, चैत्र ११, २०७९
Saturday, March 25, 2023

गौरादह, ९ चैत्र । गौरादह नगरपालिका वडा नं.९ को बैगुन्धुरामा कोरोना भाइरस नियन्त्रणका लागि नागरिक आफै सचेत हुनु पर्ने निष्कर्ष निकालेको छ।हाल सम्म कोरोना भाइरसको संक्रमण यस क्षेत्रमा नदेखिएपनि निकट भबिश्यमा हुन सक्ने सम्भावित जोखिमलाई नियन्त्रण गर्न सबै नागरिकलाई सचेत गराउन प्रचारप्रसार गर्ने निर्णय गरेको छ। गलत प्रचार र हुइमको पछाडि नलागी आफू सचेत भएमा यसको संक्रमणबाट बच्न सकिने ठहर गरेको छ।

गौरादह नगरपालिका वडा नं.९ को वडा कार्यालयको सभाहलमा भएको सर्वपक्षीय भेलाले वडा भित्रका मुख्य चौक तथा बजार क्षेत्रमा साबुन पानी राखेर हात धुने व्यवस्था मिलाउने सल्लाह दिएका छन। सोहि भेलाले बजारका पसल बाहेक माछा मासु होटल केही समयका लागि बन्द गर्ने निर्णय गरेको छ।

गौरादह नगरपालिका वडा नं.९ भित्र कोरोना भाइरस नियन्त्रणका लागि सचेतना कार्यक्रम गाउँ टोल बस्तीमा पुगेर संचालन गर्ने निर्णय गरेको छ।गाउँ टोलमा व्यापक प्रचारप्रसार गर्नुका साथै पर्चा पम्प्लेटीङ र माइकिङ गर्ने पनि निर्णय गरेको छ। वडा नं.९ मा भएको सर्वपक्षीय भेलाले वडाध्यक्ष सीताराम भट्टराईको अध्यक्षतामा २० सदस्यीय कोरोना भाइरस संक्रमण, सजगता, रोकथाम तथा नियन्त्रण समन्वय समिति सर्वसम्मत गठन गरेको छ।

गाउँ टोलमा बाहिरबाट कोहि नयाँ ब्याक्ति आएमा उनीहरुलाई स्वास्थ्य जाँच गराएर मात्र घर आउने र त्यस्ता ब्याक्तिहरुलाई बिशेश निगारानी गर्ने पनि निर्णय गरेको छ।भारतीय क्षेत्रबाट नेपालका बजारहरुमा सामान तथा पशु चौपाया खरिद गर्न आउने र भाङगा फुट्टा संकलन गर्न आउने भारतीय नागरिकलाई रोक लगाउनु पर्ने निष्कर्ष निकालेको छ। उपभोगीय बस्तुको अभाब हुन नदिन र कालाबजारी हुन नदिन बजार अनुगमन गर्ने पनि निर्णय गरेको छ। सर्वपक्षीय भेलाले वडा भित्रका आवश्यक ठाउमा हेल्पडेक्स राख्ने निर्णय गरेको छ।सर्वपक्षीय भेलामा संघ संस्थाका प्रतिनिधि,राजनिती दलका प्रतिनिधि,शिक्षक, जनप्रतिनिधि,समाजसेवि लगाएतको उपस्थिति रहेको छ।

तपाईको प्रतिक्रिया