Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झगेन्द्र खड्का
गौरादह,साउन १९। गौरादह नगरपालिकाको समृद्धि र विकाशको लागि नगरपालिकाको आन्तरिक स्रोतबाट सम्भव नभएका योजनाहरु केन्द्रिय सरकार सँग नगरपालिकाले माग गरेको छ ।

गौरादह नगरपालिका मेयर रोहित कुमार शाहले केन्द्रिय सरकारका विभिन्न मन्त्रालयमा पुगेर नगरपालिकाको समस्याहरुको बारेमा जानकारी गराउँदै विकास निर्माणका योजनाहरुका बारेमा योजना पेश गरेका थिए । मेयर शाहले नगरपालिकामा दरवन्दी अनुसारका कर्मचारी व्यवस्थापन , खानेपानी व्यवस्थापन ,भौतिक पूर्वाधार र स्वास्थ्यका साथै व्यवस्थित नगर बनाउन विभिन्न मन्त्रालयहरुमा योजनाहरु पेश गरेका छन् ।

नगरपालिकाको विकाशको लागि विभिन्न योजनाहरु मन्त्रालयहरुमा पेश गरेको नगर प्रमुख शाहले बताए । नगरपालिकामा कर्मचारी अभावमा नागरिकको सेवा प्रवाहमा कठिनाई आएकोले कर्मचारी थप गर्न आग्रह गरेका छन् । नगरका सबै वडाका नागरिकहरुलाई स्वस्थ पिउने पानी पु¥याउन खानेपानी मन्त्रालयमा, नगरको भौतिक पुर्वाधार विकाशको लागि भौतिक पूर्वाधार मन्त्रालयमा, नगरमा आवश्यक कर्मचारी व्यवस्थापनको लागि सामान्य प्रशासन मन्त्रालयमा, नगरबासीलाई स्वास्थ्यमा पहुँच पुर्याउन र नगरपालीकामा अस्पताल स्थापनाको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा योजनाहरु पेश गरिएको नगर प्रमुख शाहले जानकारी गराए ।

नगरलाई व्यवस्थित र समृद्ध गौरादह बनाउनका लागि एकिकृत शहरी विकाश विभागमा समेत विभिन्न योजनाहरु पेश गरिएको बताइएको छ । यस अघि नगरपालिकाको आन्तरिक श्रोत साथै संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानबाट नगरको समग्र विकाशको लागी बजेट विनियोजन गरिसकेको र नगरको थप विकाश गर्नको लागि संघीय सरकार समक्ष विभिन्न योजनाहरु पेश गरेको शाहले बताए । पेश गरिएका सबै योजनाहरुमा मन्त्रालयहरु बाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको उनले बताए ।

तपाईको प्रतिक्रिया