Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

भक्तपुर – कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक कक्षा १२ को नतिजा ग्रेडिङ्मा सार्वजनिक गरेको हो । नियमित तर्फ परीक्षामा २ लाख ९९ हजार ६ सय ७५ जना विद्यार्थी सम्मिलित भएको बोर्डले जनाएको छ ।

जीपीए ३ दशमलब ६१ देखि ४ सम्म ल्याउने विद्यार्थीको संख्या १ हजार १ सय ६९ छ भने ३ दशमलब २१ देखि ३ दशमलब ६ शून्य सम्म जिजीए ल्याउने विद्यार्थीको संख्या ११ हजार २ सय २१ छ । यस्तै २ दशमलब ८१ देखि ३ दशमलब २ शुन्य ल्याउने २७ हजार ६ सय ४३ छ । ५८ हजार ३ सय ४५ ले २ दशमलब ४१ देखि २ दशमलब ८ शुन्य, ९० हजार २ सय ९९ सय ले २ दशमलब शुन्य १ देखि २ दशमलब ४ शुन्य, ६६ हजार ४ सय ३८ ले १ दशमलब ६१ देखि २ सम्म २२ हजार ७ सय ३४ ले १ दशमलब २१ देखि १ दशमलब ६ शुन्य, ४ हजार ४ सय ८७ ले शुन्य दशमलब ८१ देखि १ दशमलब २ शुन्य र शुन्य दशमलब ८ शुन्य जीपीए ल्याउने विद्यार्थी १ सय ९९ जना रहेको बोर्डले जनाएको छ ।

नतिजा अनुसार ९७ जनाको रद्ध र २ जनाको स्थगित भएको छ । कक्षा ११ र १२ को नतिाजा मिलाए पछि मात्रै विद्यार्थीको समग्र ग्रेड तय हुने बोर्डले जनाएको छ ।

यसैगरी आँशिक तर्फ परीक्षामा सम्मिलित १ लाख १७ हजार ४ सय १४ मध्ये ४१ हजार ३ सय २५ जना उत्र्तीर्ण भएका छन् । उनीहरुको नतिजा भने अँककै आधारमा सार्वजनिक गरिएको हो । उक्त नतिजा अनुसार ३५ दशमलब २ प्रतिशन विद्यार्थी उत्र्तीण भएका छन् । आँशिकमा २० जनाको रद्ध र २ जनाको स्थगित भएको बोर्डले जनाएको छ ।

यस अघि नतिजा सार्वजनिक गर्नु अघि बिहीबार बिहान ८ बजे बोर्ड बैठक बसेको थियो ।

यस अघि पहिलो चरणमा बिज्ञानको मात्रै नतिजा सार्वजनिक हुनेमा यसपटक सबै विषयको नतिजा एकैपटक सार्वजनिक गरिएको हो । कक्षा १२ को परीक्षा गत बैशाखमा भएको थियो ।

तपाईको प्रतिक्रिया