Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २७ माघ । चीनको कोरोना प्रभावित हुबेई प्रान्तबाट ल्याइने नेपालीहरुका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलसेन बेड पूर्ण रुपमा तयार पारिएको जनाएको छ ।

स्वास्थ्य आपतकालीन् तथा विपद् व्यवस्थापन केन्द्रका प्रमुख सागर दाहालले स्वास्थ्यकर्मीको परिचालन, सुरक्षाकर्मी,एयरपोर्टका कर्मचारी,एम्बुलेन्स परिचालन,स्क्रिनिङको कार्य,हवाई सुरक्षा लगायतको तयारी गरिसकिएको बताए । यस्तै, उनले नेपाल फर्काउने तयारी थालिको जानकारी दिए ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले यसअघि तोकिएको ५ वटा हब र १५ वटा स्याटेलाइट अस्पतालको संख्या बढाएर ३६ पुर्याइएको जानकारी दिए ।

वीरेन्द्र सैनिक अस्पताल,पाटन अस्पताल, सिभिल अस्पताल, भक्तपुर अस्पताल तथा त्रिवि शिक्षण अस्पताल गरी ५ वटा हब अस्पतालका रुपमा तोकिएका छन् । स्याटलाइट अस्पतालका रुपमा कीर्तिपुर अस्पताल, नेपाल मेडिकल कलेज, नर्भिक हस्पिटल, स्टार हस्पिटल, नेपाल मेडिसिटी हस्पिटल आदि गरी ३६ वटा अस्पताल रहेका छन् ।

प्रमुख दाहालले मंगलबार तोकिएका अस्पतालका प्रतिनिधिहरुलाई बोलाएर छलफल गरिने बताउँदै उक्त अस्पतालहरुले १ सय ४७ वटा आइसोलेसन बेड तयारी अवस्थामा राखिसकेको जानकारी गराएको हो । विश्व स्वास्थ्य संगठनको प्रोटोकल र अन्तर्राष्ट्रिय मापदण्ड सबैलाई हेरेर मन्त्रायलले व्यवस्थापन गर्न लागेको जानकारी गराए ।

सरकारले चीनबाट १ सय ८० जना नेपालीहरुलाई चीनबाट ल्याउँदैछ । नेपाल वायु सेवा निगमको विमानले उनीहरुलाई चीनबाट ल्याउने तयारी सरकारको छ ।कान्तिपुर

तपाईको प्रतिक्रिया