Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २७ माघ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहदेखि उच्च तहसम्मको शिक्षाका प्रावधानलाई समेट्ने गरी चारवटा ऐन ल्याउन लागेको छ । मुलुक संघीय संरचनामा गएपछि संघीयताको मर्म विपरित रहेका व्यवस्थाको संशोधन गर्न र नयाँ प्रावधान थप्ने गरी नयाँ कानून ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विद्यालय शिक्षालाई समेट्न गरी संघीय शिक्षा ऐनको विधेयक निर्माण काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै उच्च शिक्षालाई समेट्ने गरी उच्च शिक्षा सम्बन्धी ऐन र प्राविधिक धारका शिक्षालाई समेट्न गरी प्राविधिक शिक्षा सम्बन्धी ऐन ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै शिक्षा सम्बन्धी केहि नेपाल ऐन शंसोधनको काम पनि अन्तिम चरणमा पुगेको छ । यीमध्ये नेपाल ऐन शंसोधन सम्बन्धी विधेयक गत वर्ष नै मन्त्रालयले संसदमा दर्ता गरे पनि अहिलेसम्म पारित हुन सकेको छैन । अन्य विधेयक भने विभिन्न मन्त्रालयमा छलफलको चरणमै रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया