Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, २६ माघ । गौरादह बहुमुखी क्याम्पसमा अनेरास्ववियुको क्याम्पस प्रारम्भिक कमिटि गठन भएको छ । अनेरास्ववियुले अनिश खड्काको अध्यक्षतामा ४१ सदस्यिय क्याम्पस प्रारम्भिक कमिटि गठन गरेको हो । क्याम्पस प्रारम्भिक कमिटिको उपाध्यक्षमा सुमना भण्डारी, सचिवमा इश्वर नेपाल, सहसचिवमा राजेस बराल, कोषाध्यक्षमा अस्मिता ताजपुरीया सर्वसम्मत चयन भएका छन ।

विद्यार्थीहरुको भेलाले सर्वसम्मत रुपमा कमिटि गठन गरिएको हो । नवगठित अनेरास्ववियुको क्याम्पस प्रारम्भिक कमिटिले क्याम्पसमा नयाँ नयाँ कामहरु गर्ने प्रतिबद्धता जनाएको छ ।

नवगठित अनेरास्ववियुको क्याम्पस प्रारम्भिक कमिटिको गठनपछि बसेको पदाधिकारीको बैठकले क्याम्पसमा सम्पूर्ण विद्यार्थीको हितको लागि काम गर्ने, क्याम्पसको पढाई स्तर उन्नतिका लागि सहयोग गर्ने र विद्यार्थी, प्राध्यापक बिच राम्रो सम्बन्ध निर्माण गर्ने निर्णय गरेको छ ।
त्यसअवसरमा गौरादह नगरपालिका का नेकपा इञ्चार्ज हुकुम सिंह नेपाली, अनेरास्ववियु जिल्ला उपाध्यक्ष समर्पण खतिवडा र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया