Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, २६ माघ । शिक्षक कर्मचारीका सेवा सुविधा तथा पदस्थापनाका विषयमा असन्तुष्टि जनाउँदै त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको डीन कार्यालयमा ताला लागेको छ । माग पुरा गराउन प्रशासनलाई दबाब दिने उद्देशयले शिक्षक तथा कर्मचारीले संयुक्त रुपमा ताला लगाएका हुन् ।

माघ २० गतेदेखि लगाएको ताला खुलाउन पटक-पटक छलफल भए पनि सफल भएको छैन । ताला खुलाउने विषयमा आइतबार पनि डीन कार्यालयम वार्ता भइरहेको कार्यालयका प्रशासन प्रमुख ज्ञानेन्द्रवीर मालाकारले जानकारी दिए ।
तालावन्दीका कारण प्रशासनिक आर्थिक तथा शैक्षिक क्रियाकलाप ठप्प भएको छ । माग पुरा नभएसम्म ताला नखोल्ने आन्दोलनकारीको अडान छ ।

तपाईको प्रतिक्रिया