Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, २६ माघ । गौरादह नगरपालिकाका सामुदायिक बिद्यालयहरुमा ७७ वटा शिक्षक दरबन्दी अपुग रहेको छ । नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार पुनर्बितरित शिक्षक दरबन्दी संख्या गौरादह नगरपालिकामा अपुग भएको तथ्यांक प्रकाशित भएको हो ।

तथ्यांकअनुसार गौरादह नगरपालिकामा प्राथमिक तहमा २३ वटा दरबन्दी बढी रहेको छ । २३ दरबन्दी पुलमा राखिएको छ । दरबन्दी मिलान संगै गौरादहका २३ जना प्राथमिक तहका शिक्षक अन्यत्र पालिकामा सरुवा हुनुपर्ने छ ।

निम्नमाध्यमिक तहमा र माध्यमिक तहमा भने दरबन्दी अपुग रहेको छ । निम्नमाध्यमिक तहमा २८ दरबन्दी अपुग देखिएको छ । निम्नमाध्यमिक तहमा ८१ दरबन्दी आवस्यक रहेकोमा हाल ५३ मात्र मौजुदा रहेको छ ।

त्यसैगरी माध्यमिक तह कक्षा ९ र १० को लागि ३७ शिक्षक दरबन्दी अपुग रहेको छ । माध्यमिक तहमा ७५ दरबन्दी आवस्यक रहेकोमा हाल ३८ दरबन्दी मात्र रहेको तथ्यांकले देखाएको छ ।

माध्यमिक तह ११ र १२ को लागि समेत १२ वटा दरबन्दी अपुग रहेको छ । १८ दरबन्दी आवस्यक रहेकोमा ६ वटा मात्र मौजुदा रहेको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

यसै शैक्षिक शत्र २०७६ को चैत मसान्तसम्ममा देश भरिका ७५३ वटै पालिकाहरुका सामुदायिक विद्यालयको दरबन्दी मिलान हुने भएको छ । शिक्षा मन्त्रालयले आउँदो शैक्षिक सत्र सुरु हुनु अगावै शिक्षक दरबन्दी पुनर्वितरण गर्ने भएको छ ।

मन्त्री परिषदबाट शिक्षक दरबन्दी पुनर्वितरण कार्यविधि पास भएसंग मन्त्रालय दरबन्दी मिलानको अन्तिम चरणमा पुगोको हो । मन्त्रिपरिषद्को ०७५ असार ४ गतेको निर्णय अनुसार शिक्षक दरबन्दी मिलान सम्वन्धी सुझाव पेश गर्न नेपाल सरकारका पूर्व सचिव महाश्रम शर्माको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो ।

उक्त कार्यदलले तयार गरेको शैक्षिक तथ्याङ्कका आधारमा शिक्षक दरबन्दी पुनर्मिलन गर्न लागिएको हो । दरबन्दी बढी भएका पालिकाबाट कम भएका पालिकामा, कम भएका जिल्लाबाट अर्को जिल्लामा र बढी भएका प्रदेशबाट कम भएका प्रदेशमा दरबन्दी मिलान गर्ने अन्तिम तयारीमा पुगेको शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले बताएका छन् ।

तपाईको प्रतिक्रिया