Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, २२ माघ । गौरादह नगरपालिका वडा नं.८ स्थित प्रगति माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ। नागवेलि लघु वित्त वित्तिय संस्था शाखा कार्यालय जुरोपानीले विद्यालयमा अध्यनरत गरिब विपन्न तथा जेहेन्दार १५ जना विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा ट्रयाकसुट र जुत्ता वितरण गरेको छ।

संस्थाको १० औ वार्षिकोत्सवको अवसरमा शाखाको सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तरगत सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ। संस्थाले विद्यालयमा अध्यनरत कक्षा-२ देखि कक्षा-८सम्म अध्यारत १५जना बिद्यार्थीहरुलाई जाडोको समयमा विद्यालय आउन सहजताकोलागि न्यानो कपडा वितरण गरेको संस्थाका जुरोपानी शाखा सूर्यबहादुर श्रेष्ठले जानकारी गराए।

गरिब तथा विपन्न परिवारका छोराछोरीहरु सामुदायिक विद्यालयमा अध्यन गर्ने र जाडोको समयमा विद्यालय आउन समस्या हुने भएकाले संस्थाको सेवा क्षेत्र भित्रका सामुदायिक विद्यालयहरु मध्ये यस वर्ष गौरादह नगरपालिका वडा नं ८ को प्रगति मा.वि.का विद्यार्थीहरुलाई न्यानो कपडा ट्रयाकसुट र जुत्ता वितरण गरेको जुरोपानी शाखा प्रमुख श्रेष्ठले बताए।

संस्थाको केन्द्रीय कार्यलय एच.आर.तथा आई टी प्रमुख सबिना राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोभा ध्वोज सिंह माक्रा प्रमुख अतिथि रहेका थिए। विद्यालयका प्रधानाध्यापक डिल्लीराम अधिकारी, सहायक प्रधानाध्यापक विष्णु लुईटेल लगायतले शुभकामना मन्तब्य राखेका थिए। विद्यालय शिक्षक अभिभावक संघका सदस्य के.डि.राईले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया