Online Bichar
आइतबार, मंसिर १७, २०८० | Sunday, December 3, 2023

काठमाडौं, २२ माघ । बिहीबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक माघ २७ गतेका लागि सारिएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा पेस गर्ने एजेण्डाबारे तयारी नपुगेकाले बैठक ४ दिन पर सारिएको जानकारी दिए ।

‘हामीले माघ १० गते पार्टीभित्रको आन्तरिक विवाद मिलाएका थियौं। शीर्ष नेताहरुबीच भएको सहमति अनुरुप केही निर्णय १३ गतेको केन्द्रीय कार्यसमितिले गर्‍यो पनि,’ प्रवक्ता शर्माले भने, ‘अब सहमतिका बाँकी विषय टुंग्याउनु पर्नेछ। यो हप्ता शीर्ष नेताहरु जिल्लामा भएका कार्यक्रममा सहभागि हुन गएकाले छलफल हुन पाएन। छलफल गरेर टुंगोमा पुर्‍याउन सारिएको हो।’

बिहीबारको बैठकमा १४ औं महाधिवेशनका लागि आवश्यक पर्ने विधानका धारा निलम्बन गर्ने विषयमा मस्यौदा पेस गर्ने तयारी थियो।

तपाईको प्रतिक्रिया