Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २१ माघ । आफुले काम गर्ने टेलिभिजन निर्माण कम्पनीबाटै टेलिभिजन बेच्ने आठ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुले मध्यपुर ठिमी नगरपालिका ४ मा रहेको मिलिनिया ग्लोबल कम्पनी प्रालिको गोदामबाट ६० थान विभिन्न साइजको टिभी चोरेर बिक्रि गरेको प्रहरीले जनाएको छ ।

कम्पनीले ठूलो संख्यामा टिभी हराएको थाहा भएपछि महानगरीय प्रहरी वृत्त ठिमीमा उजुरी दिएको थियो । अनुसन्धानपछि सोही कम्पनीका काम गर्ने आठ जना कर्मचारीलाई पक्राउ गरी थप कारवाही अघि बढाइएको ठिमी वृत्तका प्रहरी प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए ।

पक्राउ परेकाहरुले दिएको बयानको आधारमा विभिन्न जिल्लामा बिक्री गरेका ३६ थान टिभी बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरुलाई चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।इमेजखबर

तपाईको प्रतिक्रिया