Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २० माघ । नेपाल विद्युत् प्राधिकरणले सुपर चार्जिङ स्टेसन बराबरको लगानीमा साधारण चार्जिङ स्टेसन निर्माणको प्रक्रिया अघि बढाएको छ । हाल ६३ अर्ब रुपियाँ लागतमा ५० वटा स्टेसन निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरिसकिएको छ । साधारण चार्जिङ स्टेसनका लागि गरिएको यो आह्वानमा प्राधिकरणले मोटो रकम खर्च गर्दैछ ।

स्टेसन आगामी चैत अन्तिमसम्म सम्झौता भई निर्माण सुरु गरिने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिनुभयो । साधारण चार्जिङ स्टेसन पुरानो प्रविधि हो । यसमा एउटा सवारी पूर्णचार्ज गर्न कम्तीमा ६ घण्टा लाग्दछ तर सोही छ घण्टामा चार्ज हुने सवारीलाई सुपर चार्जिङले दुई घण्टामा गर्छ तर प्राधिकरणले भने साधारण चार्जिङ स्टेसन बनाउँदै छ ।

प्राधिकरणका अनुसार एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन देशका विभिन्न स्थानमा रहने छन् । ५० मध्ये सातवटा प्रदेशमा पाँच/पाँचवटा, काठमाडौँ उपत्यकामा १० वटा र बाँकी पाँचवटा आवश्यक अन्य स्थानमा राखिने छ ।

चार्जिङ स्टेसन सञ्चालनमा आएपछि थप सात हजार एक सय किलोवाट विद्युत् खपत हुनेछ । एउटा स्टेसनमा एक सय ४२ किलोवाट विद्युत् आवश्यक पर्दछ । एकपटकमा प्रत्येमा तीनवटा सवारीसाधन चार्ज गर्न मिल्ने गरी निर्माण हुनेछन् । निर्माण सम्पन्नपछि ५० वटा एकैपटक सञ्चालन गर्नुभन्दा पनि विद्युत् आपूर्तिको अवस्था हेरी सञ्चालन गर्दै जाने प्रवक्ता अधिकारीको भनाइ छ ।

चार्जिङ स्टेसन सुविधासम्पन्न हुनेछन् । त्यसका साथै मोबाइल एप्सबाट चार्ज गर्ने समय र स्थान बुक गर्न सकिने छ ।गोरखापत्र

तपाईको प्रतिक्रिया